Tamang Culture | Chardam | चारदाम | Tamang Wedding | Ramechhap | तामाङ संस्कृती
Chardam Ceremony of Ansuraz Yonjan Tamang with Salina Dong Tamang at Bhaktapur
चारदाम के हो त?
विवाहको समय छोरीचेली कुटुम्बलाई जिम्मा दिने बेलामा ४ वस्तु हरुलाई साक्षीको रुपमा राखेको हुन्छन् | जस्तै १) विवाह हुने स्थलको अलौकिक देवी देवताहरु, २) हिमालको डाँफे र तराइको मयुँरहरु को लागि जिउदो कुखुराको भाले, ३) जल जन्तु हरु गोही कछुवा आदिका लागि जिउउदो माछा र ४) विवाह हुने स्थलमा उपस्थित भएको सजन महानुभावहरु गरि जम्मा ४ वस्तु हरु लाइ साक्षी राखेर ति विबाह भइ रहेको छोरिचेलि कुटुम्बलाई जिम्मा दिइन्छ। यसलाई नै चारदाम भनिन्छ। उक्त समारोहमा सबै कुरा जिम्मा दिएत पनि छोरीचेली को रुइ अर्थात् थर चाही माइती संग नै रहने छ।
तामाङ समुदायमा विवाहको बेला कुटुम्बलाई छोरीचेली दिदा चारदामको बेलामा चेलीको रगत, मासु, शरीर सबै कुटुम्बलाइ जिम्मा लगाईने तर थर चाही माइती संग नै राखी कुटुम्बलाइ नदिने भन्ने चलन छ, त्यसै गरि मृत्युपश्चात पनि ति चेलीको लाश माइतीको उपस्थिति मा मात्र दाहसंस्कार गर्ने चलन छ।
No comments:
Post a Comment