Ride to Khandadevi Mandir | खाँडादेवि मन्दिर यात्रा | रामेछाप जिल्लाको प्रसिद्ध मन्दिर | Ramechhap
Khadadevi Mandir (Temple) is one of the famous temple of Ramechhap district. In the recent days, its popularity is increasing across Nepal. It lies east of Kathmandu district and about three hours of bike ride to get there. It takes around one to one and a half hour bike ride from Sitkha, Mulkot (BP highway). You can easily reach there and come back Kahtmandu within a day. The temple lies on a top of hill. We can enjoy 360-degree surrounding view from the temple. When we reached there, we found the temple to be neat and clean and with beautiful flower gardens around.
खाँडादेवी मन्दिर जसलाई पहिला षाँडा देवी पनि भनिन्छ । यो मन्दिर नेपालको रामेछाप जिल्लाको खाँडादेवी गाविसमा रहेको छ । । शक्तिपीठको रुपमा सदियौंदेखि भक्तजनहरुले मान्दै आएकी खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्ने गरेको छ । दसैंका बेला ठूलो मात्रामा पञ्चवली दिइने खाँडादेवीमा वर्षैभरी रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ओखलढुङ्गा, दोलखा लगायत तराईका विभिन्न जिल्ला र काठमाडौंबाट पनि भक्तजनहरु दर्शनका लागि पुग्ने गर्छन् ।
खाँडादेवी प्रचारबाट ओझल परेको शक्ति पीठ हो । खाँडादेवीसम्बन्धी स्थानीय भक्तजनमा धेरैखालका जनश्रुति र किम्वदन्तीहरु रहेको पाइन्छ । तर त्यस्ता जनश्रुति र किम्बदन्तिहरूभन्दा पनि हिमवत्खण्डमा उल्लेख भएअनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखाली खाँडादेवी मन्दिर रहेको स्थानमा खड्ग गाडेर कालीञ्चोकमा अन्तरध्यान भएकी हुन् । खाँडादेवी मन्दिरको पुजारी तामाङ जातिको हुनुले पनि खाँडादेवीलाई भिन्न र विशिष्ट पीठको रुपमा बुझ्न सकिन्छ । पुजारीमा देवी चढेको बेला बताइएअनुसार विक्रम सम्वत् १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शीला उत्पत्ति भएको हो । खाँडादेवीको शक्तिबाट प्रभावित भई पकरबासका वासिन्दाहरुले मन्दिरमा चढाएको घण्टाबाट पनि यो मन्दिर निकै पूरानो हो भन्ने तथ्य पत्ता लाग्छ । विसं १५७३ सालमा चढाइएको सो घण्टामा अहिले पनि मन्दिरमा देख्न सकिन्छ ।
नेपाल एकिकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढीपछि खाँडादेवीमा सहायक गढीको रुपमा किल्ला बनाएका थिए । अङ्ग्रेजसँगको लडाईँ जित्नको लागि पृथ्वीनारायणले खाँडादेवीसँग आशिर्वाद लिएको जनश्रुती पाइन्छ । सिन्धुलीगढीको लडाईमा विजयप्राप्त गरेपछि
खाँडादेवीको शिलालाई राजधानीमा ल्याई राख्ने योजना राजाले बनाएका थिए । शिला ल्याउनका लागि आफ्ना सेनालाई आदेश दिए । सेनाले कतै पनि नबिसाई ल्याएको शीलालाई साँगामा ल्याएर विसाउँदा खाँडादेवीको शीला अलप भइन् । तेस्रो पटक भक्तपुरको खोपीढुंगामा ल्याएर बिसाउँदा खाँडादेवीको शीला फेरि पनि अलप भयो । कसै गरेपनि खाँडादेवीको शीला ल्याउन नसकेपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि कमलामाईलाई परेवा, मंगलादेवीलाई भाले, भैरवदेवीलाई राँगा र खाँडादेवीलाई हाँस र बोका बली दिन भनी आदेश दिएका थिए भन्ने जनश्रुती सुन्न पाइन्छ ।
खाँडादेवीलाई राजधानी ल्याउन नसक्नुको पनि रोचक प्रसङ्ग छ । रामेछाप गेलुका सनमान पहरी र दुमना पहरीको कोखबाट सुकमाया पहरी भन्ने बत्तीस लक्षणयुक्त कन्या जन्मेकी थिइन । बत्तीस लक्षणले युक्त सुकुमायालाई रानी बनाउन राजाले दरबारमा लगेछन् । दरबारमा सुकुमाया खुशी नभएपछि राजाले उनलाई गेलुमामा नै फर्काइ दिएछन् । गेलु आउने क्रममा षाँडादेवीनिर आइपुगेपछि सुकमाया अलप भइछन् र तितेपातीको छाप्रो बनाएर मान्छेदेखि अदृश्य भएर बसिन् । अहिले पनि दसैंका बेला छानो स्वरुप मन्दिरमा तितेपाती चढाइने गरिन्छ । पहरी जातिले अहिले पनि खाँडादेवीलाई आफ्नो चेलीको रुपमा पूजा गर्दछन् ।
Source: https://ne.wikipedia.org
No comments:
Post a Comment